punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

अभिनेत्री हंसिका मोटवानी विवाह बन्धनमा बाँधिदै

Chaupati
safha napa

दक्षिण भारतीय अभिनेत्री हंसिका मोटवानी छिट्टै विवाह बन्धनमा बाँधिने भएकी छन् ।उनको विवाहको मितिदेखि विवाह स्थानसम्म सबै कुरा फाइनल भइसकेको छ । भारतीय सञ्चार माध्यमका अनुसार हंसिकाको विवाह निकै विशेष हुने भएको छ । अभिनेत्रीले आफ्नो विवाहको लागि राजस्थानको जयपुरमा रहेको ४५० वर्ष पुरानो मुन्डोटा फोर्ट रोजेकी छिन् । हंसिकाको विवाहको सम्पूर्ण कार्य यही किल्लामा हुनेछ ।

हंसिकाको विवाहको मिति नजिकै नै छ । तर, विवाह कहिले हो भन्ने कुराको अहिलेसम्म कुनै आधिकारिक घोषणा भने गरिएको छैन ।

भारतीय सञ्चार माध्यमका अनुसार हंसिकाको विवाह एक राजनीतिज्ञका छोरासँग हुने भनिएको छ । जो चर्चित व्यापारी पनि हुन् । तर, केटाको परिचय पनि खुलाइएको छैन् । विवाह स्थलको कुरा गर्दा जयपुरको मुन्डोटा फोर्टमा हंसिकाको विवाहको तयारी भइरहेको छ । पाहुना कोठादेखि लिएर विवाहको मेनुसम्मको पूर्ण व्यवस्था गरिएको छ ।

हंसिका चाँडै तमिल फिल्म राउडी बेबीमा देखिनेछिन् । हंसिकाले आफ्नो करियर बाल कलाकारको रुपमा सुरु गरेकी थिइन् । शाका लाका बुम बुम जस्ता टिभि कार्यक्रमबाट अभिनेत्रीले टिभी उद्योगमा आफ्नो पहिचान बनाएकी थिइन् । यति मात्र होइन, उनले बलिउड फिल्म ‘कोई मिल गया’ मा पनि बाल अभिनेत्रीको भूमिका निर्वाह गरेकी थिइन् ।


२ कात्तिक २०७९, बुधवार ११:०५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु