गाडामा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु

बेलौरी नगरपालिका ५ मैनाहमा मंगलवार साँझ गोरुगाडामा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।
इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक दानसिंह भण्डारीका अनुसार सुपप्र ०१ –००१ प २४३२ नम्बरको मोटरसाइकल गोरु गाडामा ठोक्किँदा लालझाडी गाउँपालिका ३ बल्मीका ३० वर्षीय रमेश रानाको मृत्यु भएको छ।
मोटरसाइकलमा पछाडि सवार १७ वर्षीय रोशन राना घाइते भएका छन्। घाइते रानार्को उपचार भइरहेको छ।
२ कात्तिक २०७९, बुधवार ०८:३५ बजे प्रकाशित