रेशम चौधरीको उम्मेदवारी खारेज
रेशम चौधरीको उम्मेदवारी खारेज भएको छ । २०७२ सालमा कैलालीको टीकापुरमा भएको हिंसात्मक घटनामा दोषी ठहर भएर कैद भुक्तान गरिरहेका चौधरीको उम्मेदवारी खारेज भएको हो।
उनले नागरिक उन्मुक्ति पार्टीको तर्फबाट बर्दिया २ मा प्रतिनिधि सभामा उम्मेदवारी दिएका चौधरीको उम्मेदवारी मुख्य निर्वाचन अधिकृतको कार्यालयले खारेज गरेको हो। २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा उनी कैलाली १ मा उम्मेदवारी दिएर निर्वाचित भएका थिए।
जिल्ला र उच्च अदालतले दोषी ठहर गरेका चौधरीले डिल्लीबजार कारागारमा बसेर आफूमाथिको फैसला विरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेका छन्।
यस्तै यस अघि नागरिक उन्मुक्ति पार्टीबाट कैलाली क्षेत्र नम्बर( ५ मा प्रतिनिधिसभाको उम्मेदवार रहेका लक्ष्मण थारुको उम्मेदवारी रद्द गरिएको छ ।
२५ असोज २०७९, मंगलवार २१:२४ बजे प्रकाशित












