लैङ्गिक न्याय सम्बन्धी पारालिगल र युवा अभियान्तालाई प्रशिक्षण
Exif_JPEG_420
लैङ्गिक न्याय सम्बन्धी पारालिगल तथा युवा अभियान्ताहरूका लागि मङ्गलबारदेखि धनगढीमा प्रशिक्षण सुरू भएको छ । नेपालमा सामुदायिक पारालिगलिजम प्रबर्द्धन अभियान (सीपीसीपीएम) को आयोजनामा प्रशिक्षण सुरू भएको हो ।
तीन दिनसम्म चल्ने प्रशिक्षणमा कैलाली र कंचनपुरका पारालिगल र युवा अभियान्ताहरूको सहभागिता रहेको छ । प्रशिक्षणको पहिलो दिन लैङ्गिक समानता, अभ्यास, न्याय, सामाजिक संरचनालगायतका बारेमा छलफल तथा समूह कार्य गरिएको छ ।
प्रशिक्षणमा आरती चटौत, ठाकुरप्रसाद करियाप्रधान, रमा भट्टराईलगायतले सहजीकरण गरिरहनुभएको छ ।
२५ असोज २०७९, मंगलवार १९:३२ बजे प्रकाशित












