Alok

डोटीमा खप्तड–शैलेश्वरी गोल्डकप सुरू

सुदूरपश्चिम प्रदेश स्तरीय खप्तड–शैलेश्वरी गोल्डकप २०७९ शनिबारदेखि डोटीमा सुरू भएको छ । सोमबारसम्म सञ्चालन हुने गोल्डकप फुटबल प्रतियोगितामा पहिलो खेल कैलाली र बाजुराको टिम बीच भएको छ । दिपायल सिलगढी नगरपालिका वडा नम्बर ६, भैरवप्रसाद गण सिलगढी र जिल्ला अस्पतालडोटीको संयुक्त आयोजनामा संचालन भइरहेको फुटबल प्रतियोगितामा ७ वटा टिम रहेका छन् ।

पहिलो चरणका खेलहरू नकआउट सिष्टममा खेलाइने र खेल समय ३५ मिनेटको रहने आयोजकले जानकारी दिएको छ । प्रतियोगितामा कैलाली, डोटी, अछाम, बाजुरा, डडेल्धुरा, उद्योग वाणिज्य संघ, भैरवप्रसाद गणका टिम रहेका छन् । गोल्डकप प्रतियोगितामा प्रथम हुने टिमलाई नगद १ लाख तथा ट्रफी र द्वितीय हुने टिमलाई नगद ५० हजार तथा ट्रफि पुरस्कार रहेको छ ।


८ असोज २०७९, शनिवार १३:०१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु