कर्मचारी सरुवा रोक्न सरकारलाई निर्वाचन आयोगको निर्देशन
निर्वाचन आयोगले कर्मचारी सरुवामा रोक लगाएको छ । बिहीबार आयोगले एक विज्ञप्ति जारी गर्दै कर्मचारी सरुवा नगर्न र सरुवा भइसकेका कर्मचारीलाई पनि तत्काल रमाना दिन सरकारलाई निर्देशन दिएको जनाएको हो ।
आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि अस्थायी मतदाता नामावली सङ्कलनको कार्य सुरु भइसकेको भन्दै आयोगले अब कर्मचारी सरुवा हुँदा निर्वाचनको कामकाजमा बाधा पुग्ने आयोगले जनाएको छ ।
आयोगले कुनै कर्मचारीको सरुवा गर्नै पर्ने भए पूर्व स्वीकृति लिनुपर्ने आयोगका प्रवक्ता शालिग्राम शर्माले नेपाल प्रेसलाई जानकारी दिए ।
उनका अनुसार यसअघि सरुवा भइसकेका तर रमाना लिन बाँकी कर्मचारीलाई पनि तत्काल रमाना दिएर सरुवा भएको स्थानमा पठाउन आयोगले निर्देशन दिएको छ ।
६ असोज २०७९, बिहीवार २०:५१ बजे प्रकाशित












