धनगढीमा गायत्री महायज्ञ हुने
कैलालीको धनगढी उपमहानगरपलिका वडा नम्बर ७ पटेलामा गायत्री महायज्ञ २०७९ हुने भएको छ । धनगढीमा मंगलबार ऋषिकेश पीठ धर्म संरक्षण सम्वद्र्वन समिति बेलीले पत्रकार सम्मेलनको आयोजना गर्दै यही असोज १० गते देखि १८ गतेसम्म गायत्री महायज्ञ आयोजना गर्स्ने जानकारी दिएको हो ।
महायज्ञका स्वामी इतुस्वारान्दले नेपालमै पहिलो पटक गायत्रीे महायज्ञ हुन लागेको बताए । अहिलेसम्म हिन्दुस्थानमा पनि यति ठूलो महायज्ञ नभएको दावी समेत गरे । १०८ हवन कुन्डमा १०८ हवन कर्ताहरुले ९ दिनसम्म गायत्री मन्त्रमा हवन गर्न उनले बताए । एक सय १५ जना ब्राहमण पण्डिहरुले यस यज्ञलाई सहजीकरण गर्ने उनको भनाइ छ । आत्मा कल्याण र समाजको कल्याण होस भने उद्देश्यले यज्ञ गर्न लागिएको उनले बताए । यज्ञले समाजलाई सु–संगठित र व्यक्तिलाई समुन्नत बनाउनमा मद्दत गर्ने उनले बताए ।
महायज्ञ आयोजक समितिका अध्यक्ष पुष्करनाथ ओझाले ऋषिकेश पीठधर्म संरक्षण सम्वद्र्वनत समितिलाई दिएको जमिनमा महायज्ञ गर्न लागिएको बताए । गत वर्षनै महायज्ञ गर्न भने पनि कोरोनाका कारणले गर्दा यस वर्ष महायज्ञ गर्न थालिएको उनले बताए । महायज्ञमा डेढ करोड जति लागत लाग्ने अनुमान गरिएको उनले बताए ।
धनगढीदेखि महायज्ञ स्थलसम्म सार्वजनिक बस सञ्चालनका लागि बस व्यवसायीसङ्ग समन्वय गर्ने तयारी गरिएको उनले बताए । महायज्ञ हुने स्थानलाई ठाउँलाई धार्मिक स्थलका रुपमा विकास गर्नका लागि संस्था बनाएर सरकार लबाट भूमि प्राप्त गरेको उनले बताए । मास्टर प्लान बनाएर त्यसमा गौशाला, गुरुकुल, धर्मशाला, अनाथालय, मठ(मन्दिरलगायतका संरचना बन्ने उनले बताए ।
यज्ञका लागि आवश्यक तयारी अन्तिम चरणमा रहेको उनले बताए । श्री श्री १००८ महामण्डलेश्वर स्वामी राहुले श्रृरानंदगिरीको उपस्थितिमा महायज्ञ हुने भएको हो ।
४ असोज २०७९, मंगलवार २२:२७ बजे प्रकाशित












