चट्याङ लागेर तीन जनाको मृत्यु

छुट्टाछुट्टै स्थानमा चट्याङ लागेर तीन जनाको मृत्यु भएको छ। धादिङको बेनिघाट रोराङ गाउँपालिका–१० जोगिमारा बस्ने ६४ वर्षीया जितमाया सुनार, मकवानपुरको बकैया गाउँपालिका–११ आहाल डाँडा बस्ने ५५ वर्षीय आईत सिंह भोलन र स्याङ्जाको आँधीखोला गाउँपालिका–१ पञ्चमुल बस्ने २९ वर्षीय किसान परियारको चट्याङ लागेर मृत्यु भएको हो।

उनीहरुलाई घरमै बसिरहेको अवस्थामा चट्याङ लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

 


४ असोज २०७९, मंगलवार २२:०१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु