परिचयपत्रका लागि २३ हजारको विवरण

चार स्थानीय तहबाट २३ हजार ४ सय ६० जनाको विवरण संकलन भएको पञ्जीकरण विभागका दर्ता अधिकारी तपेन्द्रसिह घटालले जानकारी दिए । अहिले जिल्ला सदरमुकाम खलंगाबाट गरिएको सेवालाई शिविरको रुपमा स्थानीय तहबाट राष्ट्रिय परिचयपत्र विवरण दर्ता संकलन कार्यलाई तीव्र पारिएको छ ।

उनका अनुसार महाकाली नगरपालिकामा दर्ता संकलन तथा मालिकार्जुन, नौगाड र लेकम गाउँपालिकामा राष्ट्रिय गरिएको पत्र विवरण दर्ता संकलन कार्य चालु रहेको छ । महाकाली नगरपालिकामा ६ हजार ३० जनाको विवरण दर्ता भएको छ । शैल्यशिखर नगरपालिकामा ७ हजार ६५९ जनाको राष्ट्रिय परिचय पत्र विवरण दर्ता संकलन कार्य भएको छ ।

यस्तै मालिकार्जुन गाउँपालिकामा ५ हजार ५ सय ५४ जना तथा लेकम गाउँपालिकामा ३ हजार ८ सय ६५ जनाको परिचय पत्र विवरण दर्ता संकलन गरिएको पञ्जीकरण विभागका दर्ता अधिकारी घटालले जानकारी दिए । बुधबारबाट नौगाड गाउँपालिकामा दर्ता संकलन सुरु भएको उनले बताए ।

 

 


३१ भदौ २०७९, शुक्रवार १०:०४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु