अनशनरत डा. केसीको मागका बारे प्रधानमन्त्री कार्यालयले थाल्यो छलफल
धनगढीमा सोमबारदेखि अनशनरत डा. गोविन्द केसीको मागका विषयमा सरकारले छलफल सुरू गरेको छ । चिकित्सा शिक्षा सुधारको माग राख्दै धनगढीमा अनशन बसेका डा। केसीको मागको सम्बन्धमा प्रधानमन्त्री कार्यालयले छलफल सुरु गरेको हो ।
प्रधानमन्त्री कार्यालयका सचिव रामप्रसाद घिमिरेको संयोजकत्वमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिवहरूबीच छलफल भएको हो । डा. केसीको यो २०औँ अनशन हो ।
२८ भदौ २०७९, मंगलवार २१:३९ बजे प्रकाशित












