कैलालीकी १५ वर्षीया बालिकाले आत्महत्या गर्न खोजेपछि खुल्यो सामूहिक बलात्कारको रहस्य

कैलालीको घोडाघोडी नगरपालिकामा देउडा हेर्न गएकी १५ वर्षीया बालिका सामूहिक बलात्कारको सिकार भएकी छन् । गौरा पर्वमा देउडा हेरेर रमाइरहेकी बालिकालाई त्यही भिडमा देउडा हेरी रहेका अन्य ४ जना युवकले योजना बनाएर ती बालिकालाई नास्ता खाने भन्दै फकाएर बलात्कार गरेका छन् ।
यही २१ भदौ राति घोडाघोडी बजारमा देउडा भइरहेकै समयमा ती बालिकालाई त्यही भिडबाट एक युवकले काम छ भन्दै अलि पर पु¥आएका थिए । त्यसपछि एउटा कोठामा लगेर नास्ता र मदिरा सेवन गराएपछि युवकले अन्य तीन जना साथी समेतलाई बोलाएर बलात्कार गरेको प्रहरीले जनाएको छ ।

बलात्कारपछि ती बालिकाले घरमा पनि सुरुमा भनेकी थिइनन् । मर्छु भनेर स्यानिटाइजर पिएर उनी बेहोस भएपछि उनलई अस्पताल पु¥याइएको थियो । अस्पताल पु¥याइएपछि ती बालिकालाई होस आएपछि घट्ना बाहिर आएको हो ।
चार जनाले सामूहिक रूपमा बलात्कार गरेको भन्दै ती बालिकाले इलाका भदौ २३ गते प्रहरी कार्यालय सुखडमा जाहेरी दर्ता गराएकी छन् । एकान्तमा बोलाई ४ जनाले जबरजस्ती करणी गरेको जाहेरी पत्रमा उल्लेख छ । आरोपी ४ जनामध्ये तीन जनालाई प्रहरीले २४ गते नै पक्राउ गरी सकेको छ ।

पक्राउ पर्नेमा घोडाघोडी नगरपालिका वडा न १ का १८ वर्षीय हिमाल सापकोटा सोही ठाउँका वर्ष २० का ऐशु सापकोटा र घोडाघोडी नगरपालिका वडा न २ का १८ वर्षीय वसन्त बिष्ट रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले बताए । तीन जना पक्राउ परे पनि एक जना अझै फरार रहेको र उनको खोजी भइरहेको डिएसपी जोशीले बताए । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


२७ भदौ २०७९, सोमवार १४:०२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु