रक्सी खाएर स्कुल बस चलाउने २ जना चालक प्रहरी कारबाहीमा

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले मादक पदार्थ सेवन गरेर स्कुल बस चलाउने २ जना चालकहरूलाई आइतबार कारबाही गरेको छ ।

बिहान साढे ५ बजेदेखि साढे ८ बजेसम्म गरिएको चेकजाँचमा मापसे गरेका चालक कारबाहीमा परेका हुन् । मापसे गरेर स्कुल बस चलाउने चालकहरूमा प्रदेश ३-०१-००३ क ५७४७ नम्बरको आईएसएल कलेज ज्ञानेश्वरका बसचालक धनकुमार लामा र बा २१ च ६६०९ नम्बरको प्रोमिनेट कलेज नेपालटारका माइक्रो बस चालक भीमनारायण श्रेष्ठ रहेका छन् ।

चेकिङका क्रममा अन्य ट्राफिक नियम उल्लंघन गर्ने छ जना स्कुल बसका चालकसमेत कारबाहीमा परेका छन् ।

 


२६ भदौ २०७९, आइतवार १९:४१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु