नागरिकता विधेयक प्रमाणीकरणमा ढिलाइ भएको भन्दै नेविसंघले गर्यो त्रिचन्द्रमा प्रदर्शन
नागरिकता विधेयक प्रमाणीकरणमा ढिलाइ भएको भन्दै नेविसंघले गर्यो त्रिचन्द्रमा प्रदर्शन
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल नागरिकता विधेयक प्रमाणीकरणमा ढिलाइ गरेको भन्दै नेपाल विद्यार्थी संघले त्रिचन्द्र क्याम्पसमा विरोध प्रर्दशन गरेको छ
प्रदर्शनका क्रमा उनीहरुले क्याम्पस अगाडि राष्ट्रपति भण्डारीको पुत्ला समेत जलाएका छन्।
नेविसंघ पूर्व केन्द्रीय सदस्य विरेन्द्र गिरीले राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरणमा ढिलाइ गरेपछि विरोधमा उत्रिनु परेको बताए।
प्रहरीले प्रदर्शनमा हस्तक्षेप गरेपछि विद्यार्थीहरुले ढुंगा प्रहार गरेका थिए।
उनीहरुले जतिसक्दा चाँडो नेपाल नागरिकता विधेयक प्रमाणीकरण गर्नुपर्ने माग गरेका छन्।
संघीय संसदको दुवै सदनबाट पारित भइ नेपाल नागरिकता ऐेन २०६३ लाई संशोधन गर्न बनेको विधेयक दोस्रो पटक प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पुगेको छ। अहिलेसम्म प्रमाणीकरण भएको छैन।
२६ भदौ २०७९, आइतवार १२:१६ बजे प्रकाशित













