केन्याविरुद्ध निर्णायक खेलमा भिड्दै नेपाल

नेपाली राष्ट्रिय क्रिकेट टिमले मंगलबार घरेलु टोली केन्याविरुद्ध अन्तिम टी-२० मा प्रतिस्पर्धा गर्दै छ। नैरोबीस्थित जिमखाना क्रिकेट मैदानमा हुने खेल अपरान्ह ३: ४५ मा सुरु हुने छ।

पाँच खेलको सिरिजमा चार खेल सकिँदा सिरिज २-२ को बराबरी भएको छ। अब सिरिजको टुंगो अन्तिम खेलले गर्ने छ। सोमबार भएको लो स्कोरिङ खेलमा नेपाल ७ रनले पराजित हुँदा सिरिजको निर्णय अन्तिम खेलमा पुगेको हो।

नेपालविरुद्ध दुई जित निकालेको केन्या आफूभन्दा १५ स्थानमाथि वरीयतामा रहेको नेपाललाई पराजित गर्दै सिरिज घरमा नै राख्ने लक्ष्यमा रहेको छ।

त्यसअघि पहिलो खेलमा नेपालले केन्यालाई ५ विकेटले हराएको थियो। दोस्रो खेलमा भने केन्याले नेपाललाई १८ रनले हराएको थियो। यस्तै, तेस्रो खेलमा नेपालले ४ विकेटको जित निकालेको थियो।

टी(२० सिरिजपछि नेपालले घरेलु टोलीसँग एकदिवसीय सिरिज खेल्ने छ। टी-२० सिरिजपछि नेपालले ३ खेलको एकदिवसीय खेल खेल्ने छ।


१४ भदौ २०७९, मंगलवार ०९:५६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु