कञ्चनपुरमा हात्तीको आक्रमणबाट एक युवतीको मृत्यु
कञ्चनपुरमा हात्तीको आक्रमणबाट एक युवतीको मृत्यु भएको छ । जिल्लाको शुक्लाफाँटा नगरपालिका -७ सिमलफाँटाकी २२ वर्षीया मिना जोशीको हात्तीको आक्रमणबाट मृत्यु भएको हो ।
सोमबार साँझ घर नजिकै खेतमा काम गरिरहेको समयमा हात्तीले आक्रमण गर्दा जोशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
१४ भदौ २०७९, मंगलवार ०९:२५ बजे प्रकाशित












