केन्यासँग नेपाल १८ रनले पराजित

पाँच खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको दोस्रो खेलमा नेपाल शुक्रबार केन्यासँग १८ रनले पराजित भएको छ । सुरुवातमै खराब ब्याटिङ गरेको नेपाल केन्यासँग पराजित भएको हो ।

नैरवीमा १३३ रनको सामान्य चुनौती पछ्याउँदै ब्याटिङ गरेको नेपालले निर्धारित ओभर सकिन ६ बल बाँकी छँदा सबै विकेटको क्षतिमा ११४ रन मात्रै बनाउन सक्यो । नेपालका लागि आरिफ शेखले २५, रोहित कुमार पौडेल र आदिल आलमले समान २०–२० रन बनाए । पवन सर्राफले १९ रन जोडे पनि अन्य ब्याटर सस्तैमा समेटिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको केन्याले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १३२ रन बनाएको थियो । केन्याका लागि राकेप पटेलले ३५, नेहेमाह ओडियाम्बोले २९, इर्फान करिमले २२ र सचिन बोदियाले १४ रन बनाए । बलिङतर्फ नेपालका कप्तान सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले समान ३–३ विकेट लिए । करण केसीले दुई विकेट लिदा पवन सर्राफले एक विकेट लिए ।

जवाफी ब्याटिङ थालेको नेपालले खराब सुरुवात गरेको थियो । १० रन मै पहिलो विकेटको रुपमा आशिफ शेखलाई गुमाएको नेपालले ३.२ ओभरमा ११ रन हुँदा ज्ञानेन्द्र मल्लाई गुमाएको थियो । आशिफले पाँच र ज्ञानेन्द्र एक रनमा आउट भए ।

यसअघि बिहीबार भएको पहिलो खेलमा नेपालले केन्यालाई पाँच विकेटले पराजित गरेको थियो ।

नेपालले १२ गते तेस्रो, १३ गते चौथो र १४ अन्तिम तथा पाँचौ खेल केन्यासँग खेल्नेछ । यसपछि तीन खेलको एकदिवसीय सिरिज खेल्नेछ । पहिलो खेल भदौ १७ दोस्रो १८ र अन्तिम खेल २० गते खेल्नेछ ।


१० भदौ २०७९, शुक्रवार २१:२८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु