अछाममा कैद भुक्तान गरिरहेका युवकको मृत्यु
जिल्ला कारागार अछाममा कैद भुक्तान गरिरहेका एक युवकको मृत्यु भएको छ । कैद भुक्तान गरिरहेका मंगलसेन नगरपालिका-५ का बेदराज भाट उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रवक्ता प्रहरी निरीक्षक कैलाश सिंह विष्टले जानकारी दिए ।
भदौ २ मा कारागार चलान भएका ३५ वर्षीय भाटको स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि सेती प्रादेशिक अस्पताल भर्ना गरिएको थियो । जबर्जस्ती करणीको मुद्दामा जिल्ला अदालत अछामले भाटविरुद्ध १० वर्ष ३ महिना ८ दिनको कैद सजायको फैसला गरेको थियो ।
७ भदौ २०७९, मंगलवार १३:३० बजे प्रकाशित












