कैलाली उद्योग वाणिज्य संघलाई बुटवलमा स्वागत

कैलाली उद्योग वाणिज्य संघलाई बुटवल उद्योग वाणिज्य संघले स्वागत गरेको छ । सोमबार बुटवल उद्योग वाणिज्य संघमा एक कार्यक्रमको आयोजना गर्दै कैलाली उद्योग वाणिज्य संघलाई स्वागत तथा भेटभाट गरिएको हो । बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्वल प्रसाद कसजुले कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुंवरसहित अन्य पधाधिकारीलाई स्वागत गरेका थिए ।

स्वागत तथा भेटघाट कार्यक्रममा बोल्दै बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष कसजुले कैलाली उद्योग वाणिज्य संघलाई स्वागत गर्न पाउँदा निकै खुशि लागेको बताए । भेटघाट कार्यक्रममा बोल्दै कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष कुंवरले बुटवल उद्योग वाणिज्य संघलाई सुदूरपश्चिममा घुम्न आउन निम्तो दिएका छन् ।

उनले सुदूरपश्चिमका बिभीन्न क्षेत्रमा आएर अवलोकन गर्न समेत आग्रह गरेका छन् । कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष कुंवर सहित ११ जनाको टोली आइतबार एक हप्ताको लागि देशका विभीन्न जिल्लामा अवलोकन भ्रमणमा निस्केको हो ।


६ भदौ २०७९, सोमवार ०९:३२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु