कञ्चनपुरमा युवायुवती मृत अवस्थामा फेला

कञ्चनपुरमा युवायुवती मृत अवस्थामा फेला परेका छन् । जिल्लाको कृष्णपुर नगरपालिका–४ का १८ वर्षीय दिनेश भट्ट र कृष्णपुर–५ बस्ने १८ बर्षीया पुजा देउवा आज मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
दुवै जना आ–आफ्नो घरमा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक भरत गिरीले जानकारी दिए । केही दिन अघि दिनेशले प्रेम विवाह गर्ने भन्दै पुजालाई भगाएर आफ्नो घर लगेका थिए ।

पुजाका परिवारले इलाका प्रहरी कार्यालय गुलरियामा ठाडो उजुरी दिएपछि प्रहरीले दुवै पक्षलाई बोलाएर छलफल गरेको बताउँदै युवायुवतीको उमेर नपुगेको कारणले अभिभावकको जिम्मा लगाएको प्रहरी निरीक्षक गिरीले जानकारी दिए ।

भदौ ३ गते प्रहरीमा पुगेका दुवै पक्षलाई सम्झाइ बुझाइ गरेर छोराछोरी जिम्मा लगाएकोमा आज बिहान दिनेश आफ्नो घरको कोठामा र पुजा दिउँसो करीब साढे ४ बजे आफ्नो घरको कोठामा मृत अवस्थामा फेला परेका हुन् । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


५ भदौ २०७९, आइतवार २०:३६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु