डडेल्धुरामा जीप दुर्घटना

डडेल्धुरामा जीप दुर्घटना भएको छ। डडेल्धुरा–डोटी सडकअन्तर्गत ऐर गाउँको सल्लाघारी मोडमा दुर्घटना भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा ७ जना घाइते भएका छन्। केही घाइतेहरुलाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ। उद्धार कार्य जारी रहेको ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।


५ भदौ २०७९, आइतवार १४:१८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु