punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

डेढ किलाे चरेससहित एक प्रहरी जवान पक्राउ

Chaupati
safha napa

कैलाली- सशस्त्र प्रहरी जवान लागूऔषध चरेससहित पक्राउ परेका छन् । सुदूरपश्चिम प्रहरी अनुसन्धान समूह (आरआइटी) र जिल्ला प्रहरी कार्यालय कैलालीको संयुक्त टोलीले सशस्त्र प्रहरी गण वन बेहडा कैलालीमा कार्यरत दुर्गाथली गाउँपालिका ४ बझाङ घर भएका गणेशप्रसाद जोशीलाई लागूऔषध चरेससहित पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) बेदप्रकाश जोशीले सूचनाको आधारमा सशस्त्र प्रहरी जवान जोशीलाई धनगढी उपमहानगरपालिका ३ स्थित होटेल सिटिबाट डेढ केजी लागूऔषध चरेससहित पक्राउ गरिएको बताए । पक्राउ परेका जोशीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भैरहेको डिएसपी जोशीले बताए ।


२३ साउन २०७९, सोमवार १७:१८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु