पर्यटकलाई सम्मानजनक व्यवहार गर्नुपर्छ : मन्त्री रावल
सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री डा. रणबहादुर रावलले अतिथि सत्कारको सेवा सुधार नगरेसम्म प्रदेशको पर्यटन तथा होटल व्यवसाय फस्टाउन नसक्ने बताएका छन् ।
नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाटा)को आठौँ साधारणसभा तथा चौथो अधिवेशनको उद्घाटन समारोहमा उनले छिमेकी मुलुक भारत तथा अन्य देशबाट घुम्न आउने पर्यटकलाई सम्मानजनक व्यवहार गर्नुपर्ने बताए ।
मन्त्री रावलले होटल व्यवसायी तथा अन्य नागरिकले पनि शिष्ट भएर विदेशी पर्यटक जस्तोसुकै अवस्थामा आए पनि स्वागत, सत्कार सभ्य ढङ्गले गर्नुपर्ने बताए। “पर्यटन तथा होटल व्यवसाय फस्टाओस् भन्ने हो भने यी कुारामा विशेष ध्यान दिन जरुरी छ,” उनले भने ।
१४ साउन २०७९, शनिवार २१:४३ बजे प्रकाशित












