नाट्टा सुदूरपश्चिमको अध्यक्षमा सिंह

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) सुदूरपश्चिम प्रदेशको अध्यक्षमा पदमविक्रम सिंह निर्विरोध चयन भएका छन्।

धनगढीमा शनिबार सम्पन्न भएको संघको आठौं बार्षिक साधारणसभा तथा चौथो अधिवेशनबाट सिंहको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरिएको हो।

संघको उपाध्यक्षमा धनन्जय जैसी, महासचिवमा शिवहरि पाण्डे, कोषाध्यक्षमा लोकराज भट्ट, सचिवमा सविता ऐर निर्विरोध चयन भएका हुन्।यस्तै प्रदेश कार्यसमिति सदस्यमा पदम बहादुर चन्द, विक्रम ठकुल्ला, किशोर खड्का र मेखेन्द्र खत्री चयन भएका छन्।


१४ साउन २०७९, शनिवार २१:३१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु