कैलालीमा पानी परेपछि धान सप्रिने भन्दै किसान खुशी

कैलालीको धनगढी उपमहानगरपालिका ८ धनगढी गाउँका खुशीराम चौधरी बिहान खेतमा खुशी हुँदै काम गर्दै थिए । असार महिनाभरी पानी नपरेर हैरान भएका उनी बुधबार बिहान बर्षा भएपछि खुशी भएका छन् । असारमा जसोतसो गरेर बोर्रिङको पानीले धान रोपाई गरेका किसानलाई पानी नपरेपछि धान सुक्छकी भन्ने चिन्ताले सताएको थियो ।

एक बिगाह जमीनमा धान खेती गरेका खुशीरामलाई असारमा पर्याप्त पानी नपरेपछि धेरै खर्च गरेर खेती गर्नुपरेको थियो । ‘असारमा जसोतसो धान रोपेका थिएयौ तर त्यो धानलाई बचाउन सकिदैन् भन्ने चिन्ता थियो, आज पानी परेपछि अलि सहज भएको छ, उनले भने,’ । एक/दुइ दिन फेरी पानी परे सहज हुने उनी बताउछन् । असारमा पानी नपरेकै कारण महंगो डिजेल हालेर पानी लगाएको उनको भनाई छ । ‘करिव २० लिटर डिजेल तेल लाग्यो एक बिगाह जमीनमा कहिले मल कहिले पानी हामी किसानलाई खेती लगाउन कहाँ सजिलो छ र ?,’ उनले भने ।

No description available.
धनगढी १२ जुगेडाका धुवराज जोशीले १५ कट्ठा जमीनमा धान रोपेका छन् । समयमै पानी नपेरपछि बोर्रिङको पानीले धान रोपाई गरेका उनलाई साउनको पहिलो साता परेको बर्षाले बाली सप्रिन्छ कि भन्ने आशा जागेको छ । ‘दुःख गरेर धान त लगाएका थियौ तर त्यै धान पनि फल्दैनकी भन्ने चिन्ता थियो । असार पानी नपरेपछि धान बोटहरु सुकेका थिए,’उनले भने । किसानलाई कहिले सिँचाइ, कहिले मल त कहिले अति बर्षा र कहिले बर्षा नै नभएर समस्या हुने गरेको छ ।

No description available.

धनगढी ९ बंगराका बासमती चौधरीले पानी नरेपछि लगाएको धान सुक्न लागको बताइन् । ‘पानी नपरेपछि चर्को गर्मीका कारण धान सबै पहेलै हुन थालेका थिए, अव पानी परेपछि सहज भयो,’ उनले भनिन् । असारमा पानी नपरेपछि १० कट्ठा जमीनमा करिव १० हजार खर्च गरेर बोर्रिङबाट पानी लगाएको उनले बताइन् । कहिले पानी नपरेर कहिले पानी बढी भएर किसानलाई समस्या नै हुने उनी बताउछिन् । हिसाव किताव गरेयौ भने खर्च र उत्पाद बराबरै हुने उनले बताइन् ।
धनगढी गाउँ ८ का राम प्रशाद चौधरीले असार महिना भरीको चर्को घामले धान पुरै पहलै फकिएको बताएका छन् । उनले धनगढी मुस्कीलले असार ४ दिन पानी परेपनि तर दिन भरी नपरेको बताए । ‘एक दुइ दिन लगातार पानी परेपछि धान सप्रिने थियो अहिले सम्म धान अलि ठुलो हुनुपर्ने सप्रिएको छैन् अव भने पानी परेपछि सप्रिन्छकी भन्ने आशा पलाएको छ,’ उनले भने ।
कैलालीमा बर्खे र चैते गरी दुई किसिमको धान उत्पादन हुँदै आएको छ ।

No description available.

कृषि ज्ञान केन्द्र कैलालीका अनुसार यस बर्ष जिल्लामा ६७ हजार चार सय ३६ हेक्टरमा धान रोपाइ गरिएको छ । कृषि ज्ञान केन्द्र कैलालीका सूचना अधिकारी जनकराज बोहरा भने, ‘लामो समय सम्म पानी नपर्दा चर्को घामका कारण रोपिएको धान सुक्न थालिसकेको थियो ।’उनले भने कतिपय ठाउँको अहिले आएर निरन्तर पानी पर्दा धान सप्रिने देखिएको उनको भनाइ छ ।


५ साउन २०७९, बिहीवार ११:१० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु