अत्यावश्यक सेवाका सरकारी गाडी सार्वजनिक बिदामा चलाउन पाइने

गृह मन्त्रालयले झण्डावाल र अत्यावश्यक सेवाका सरकारी गाडी सार्वजनिक बिदामा चलाउन सवारी पास आवश्यक नपर्ने बताएको छ ।

मन्त्रालयले झण्डावाल सवारी साधन, सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन, एम्बुलेन्स, दमकल जस्ता अत्यावश्यक सवारी साधनहरुलाई सार्वजनिक बिदाको दिन चलाउन सवारी पास आवश्यक नपर्ने बताएको हो ।

केही दिनदेखि सार्वजनिक बिदाको दिन सरकारी सवारी साधन चलाएको भन्दै विभिन्न समूहको सरकारी सवारी साधन रोक्ने, चावी खोस्ने लगायतका गतिविधिहरु गरेको थियो ।

मन्त्रालया सचिवस्तरको बुधबारको निर्णयानुसार अत्यावश्यक सरकारी सवारी साधनहरुलाई सार्वजनिक बिदाको दिन चलाउन सवारी पास आवश्यक नपर्ने हुँदा सोही बमोजिम आवश्यक व्यवस्था मिलाउन प्रहरी प्रधान कार्यालय, नक्साल र सबै जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाएको छ । साथै सो बारेमा सर्वसाधारणलाई समेत सुसूचित गराउन भनेको छ ।

साथै मन्त्रालयले सरकारी सवारी साधन बिदाको दिन समेत चलाउनुपर्ने भएमा अनिवार्य सवारी पास लिनुपर्ने व्यवस्था कडाईका साथ लागू गराउन निर्देशन दिएको छ ।


५ साउन २०७९, बिहीवार १०:३९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु