घट्यो सुनको मूल्य

शुक्रबार नेपाली बजारमा सुनको मूल्य ८०० रुपैयाँले घटेको छ । अघिल्लो दिन प्रतितोला ९४ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ८०० रुपैयाँले घटेर ९३ हजार ८०० रुपैयाँमा झरेको हो ।

यस्तै तेजाबी सुनको मूल्य समेत आज तोलामा ८०० रुपैयाँले नै घट्दै ९३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा तोलामा ३५ रुपैयाँले घट्दै आज एक हजार १४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


३१ असार २०७९, शुक्रवार १२:४५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु