punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

आज उपसभामुखको निर्वाचन, पुष्पा र विद्या भिड्दै

Chaupati
safha napa

प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज निर्वाचन हुँदैछ। उपसभामुखका लागि दुईजनाको उम्मेदवारी परेको छ।

सत्तारूढ गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी पुष्पा भुसाल र प्रमुख प्रतिपक्षी नेकपा एमालेले विद्या भट्टराईलाई अघि सारेको छ।

भुसालको प्रस्तावकमा नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङ र समर्थकमा लक्ष्मीकुमारी चौधरी छन् भने भट्टराईको प्रस्तावकमा एमाले संसदीय दलकी सचेतक शान्ता चौधरी र समर्थकमा सांसद कृष्णभक्त पोखरेल छन्।

आज दिउँसो ३ बजे प्रतिनिधिसभामा उपसभामुखको लागित मतदानको कार्यतालिका सार्वजनिक भइसकेको छ।

आज दुवै उम्मेदवारका प्रस्तावकले दाबी प्रस्तुत गर्नेछन् र समर्थकका तर्फबाट पनि वक्तव्य दिनेछन्। छलफल सकिएपछि दर्ता क्रमअनुसार निर्वाचित गरियोस् भन्ने प्रस्तावलाई मत विभाजनसहितको प्रक्रियामा अघि बढाइनेछ।

पहिलो प्रस्तावको पक्षमा नै बहुमत पुगेमा दोस्रो प्रस्तावलाई निर्णयार्थ पेश गरिने छैन। सभामुख र उपसभामुख एउटै पार्टीको हुन नपाइने संवैधानिक व्यवस्था छ।


३१ असार २०७९, शुक्रवार ०७:२९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु