प्रचण्ड तीन दिने भ्रमणका लागि आज भारत जाँदै
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुषपकमल दाहाल प्रचण्ड आज भारत भ्रमणमा जाँदै छन् । भारतीय जनता पार्टीको निमन्त्रणामा प्रचण्ड आज दिउँसो १ बजे तीन दिने भ्रमणका लागि भारत जान लागेका हुन् ।
प्रचण्डको सचिवालयका अनुसार डेढ महिनाअघि नेपालका लागि तत्कालीन भारतीय राजदूत विनय मोहन क्वात्राले भारत भ्रमणको निम्तो दिएका थिए ।
त्यसक्रममा प्रचण्डले जुलाइको दोस्रो सातासम्म भ्रमण सम्भव हुने बताए पनि भाजपाका अध्यक्ष जगतप्रकाश नड्डाले नै निम्तो दिएपछि औपचारिक रूपमा भ्रमण तय भएको पनि सचिवालयले जनाएको छ ।
पूर्वप्रधानमन्त्री तथा सत्तारुढ गठबन्धनका शीर्ष नेता प्रचण्ड १ साउनमा स्वदेश फर्कनेछन् ।
३१ असार २०७९, शुक्रवार ०७:१९ बजे प्रकाशित













