punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

माछा मार्न गएका पुरुषको शारदा नदीमा शव फेला

Chaupati
safha napa

सल्यानमा एक पुरुषको शव फेला परेको छ । जिल्लाको शारदा नगरपालिका- ६ का ५० वर्षे डोलबहादुर भण्डारी शारदा नदीमा मृत अवस्थामा फेला परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार हिजो भण्डारी र छत्रेश्वरी नगरपालिका- ६ का ४० वर्षे किरण भनिने कृष्णबहादुर पुन माछा मार्न गएका थिए । तर आज बिहान स्थानीयले डोलबहादुरको शव नदी किनारमा देखेपपछि प्रहरीलाई खवर गरेका हुन् ।

इलाका प्रहरी कार्यालय सितलपाटीबाट प्रहरी घटनास्थल पुगेको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, सल्यानले जानकारी दिएको छ ।


२४ असार २०७९, शुक्रवार १४:१० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु