punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

आज राति सुदुरपश्चिमका केही स्थानमा भारी वर्षा

Chaupati
safha napa

आज राति देशका केही स्थानमा भारी वर्षाको संभावना रहेकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। प्रदेश १ र मधेश प्रदेशका एक-दुई स्थानहरु तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको विभागले जनाएको हो। देशभर धेरै स्थानहरूमा मेघ गर्जनरचट्याङ हल्कादेखि मध्यम वर्षाको सम्भावना समेत रहेको छ।

आज दिउँसो भने प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका केहि स्थानहरूमा तथा बाँकी प्रदेशहरूका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

अहिले देशभरको मौमम सामान्य छ। देशको प्रदेश १, बाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बाँकी भु-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ। प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिमका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङसहित हल्का वर्षा भइरहेको छ।


२४ असार २०७९, शुक्रवार ०८:५३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु