आज सुनको मूल्य १४०० ले घट्दा बढ्यो चाँदी, कतिमा हुँदैछ कारोबार ?

हिजो बुधबार प्रतितोला ९६ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज विहीबार प्रतितोला ९४ हजार ६०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।

हिजो बुधबारको तुलनामा आज विहीबार सुनको मूल्य प्रतितोला एक हजार ४०० रुपैयाँले घटेको हो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार १०० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य भने बढेको छ ।

हिजो बुधबार प्रतितोला १ हजार १७५ रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँले बढेर प्रतितोला १ हजार १८५ रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।


२३ असार २०७९, बिहीवार ११:५५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु