तोलामा १६ सय रुपैयाँ घट्यो सुनको मूल्य
बुधबार सुनको मूल्य तोलामा १ हजार ६ सय रुपैयाँले घटेको छ । नेपाली बजारमा बुधबार छापावाला सुन प्रतितोला ९६ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो कारोबारका दिन मंगलबार सुन प्रतितोला ९७ हजार ६ सय रुपैयाँ थियो । त्यस्तै तेजाबी सुन प्रतितोला ९५ हजार ५ सय रुपैयाँ कायम हुन गएको छ ।
यसैगरी, बुधबार चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले घटेर प्रतितोला १ हजार १ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
२२ असार २०७९, बुधवार १३:४५ बजे प्रकाशित












