बझाङमा करेन्ट लागेर नेपाल टेलिकमका कर्मचारीको मृत्यु
बझाङमा फोरजी सेवा विस्तारका क्रममा करेन्ट लागेर नेपाल टेलिकमका कर्मचारीको मृत्यु भएको छ।
काठमाडौं घर भएका ४० वर्षीय सुमन विक्रम शाह शुक्रबार वित्थडचिर गाउँपालिकाको धरान बजारमा फाइबर विस्तार गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाईते भएका थिए।
घाइते भएका शाहलाई उपचारका लागि बैतडीको खोडपो पुर्याइएको थियो।त्यहाँबाट थप उपचारका लागि हेलिकप्टरमार्फत नेपालगञ्ज लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।
१८ असार २०७९, शनिवार १२:२० बजे प्रकाशित































