अफगानिस्तानमा हिमपातका कारण १२ जनाको मृत्यु
एजेन्सी । पूर्वी अफगानिस्तानको ।कुनार प्रान्तमा हिमपात र चीसो मौसमका कारण १२ बालबालिकाको मृत्यु भएको सरकारी समाचार संस्था बख्तरले जनाएको छ
चाउके जिल्लाको युगल क्षेत्रमा उक्त प्राकृतिक प्रकोप भएको समाचार एजेन्सीले जनाएको हो ।
गाउँलेहरूले केही दिनअघि घुमन्ते परिवारले आफ्नो गाईवस्तु चराउन पहाडमा लैजाँदा विपत्ति भएको बताएका छन् । पीडित सबै घुमन्ते परिवारका हुन् ।
युद्धग्रस्त अफगानिस्तानका केही भागका बासिन्दाहरू भर्खरै भारी वर्षाका कारण थप चिन्तित बनेका छन् । अधिकारीहरूका अनुसार देशभर अचानक आएको बाढीमा परी ज्यान गुमाउँनेको सङ्ख्या बढ्दो छ ।
मुसलधारे पानी र बाढीका साथै पूर्वी पक्तिका र खोस्त प्रान्तमा बुधबार बिहानै गएको भूकम्पमा एक हजारभन्दा बढी मानिसको मृत्यु भएको पुष्टि भएको छ ।
१० असार २०७९, शुक्रवार ०७:५४ बजे प्रकाशित












