२ करोड डिल प्रकरणमा मुछिएका न्यायाधीशले भने– छानबिन गरियोस

संगठित ठगी मुद्दामा थुनामा रहेका एमालेका पूवंसांसद इच्छाराज तामाङलाई धरौटीमा छाड्न २ करोड रुपैयाँ घुसको डिल भएको प्रकरणमा मुछिएका काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालाले आफूले गल्ती नगरेको बताएका छन् ।

मंगलबार साँझ न्युज२४ ले न्यायाधीश कोइराला र वकिल रुद्रप्रसाद पोखरेलबीच डिल भएको १० मिनेट लामो अडियो सार्वजनिक गरेको थियो । सोही विषयमा पहिलो पटक आफ्नो धारणा सार्वजनिक गर्दै न्यायाधीश कोइरालाले आफूले अनुचित काम नगरेको बताएका छन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘मबारे आज आएको समाचार प्रति मेरो ध्यानाकर्षण भएको छ । मबाट कुनै अनुचित कार्य भएको छैन । बिभिन्न प्रभाव र दवावका बाबजुद निष्पक्ष भूमिका निर्वाह गरेको छु । ममाथि न्यायपरिषद्बाट छानबिन होस् तथा सहयोग गर्ने पूर्ण प्रतिबद्धता व्यक्त गर्दछु ।’


८ असार २०७९, बुधवार १६:०० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु