लागूऔषधसहित धनगढीबाट एक युवक पक्राउ
कैलालीको धनगढी उपमहानगरपालिकाका युवक लागूऔषधसहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा उपमहानगरपालिका-६ का घर भएका २८ वर्षीय सुरज चौधरी रहेका छन्।
मंगलबार पक्राउ परेका उनको साथबाट ७ ग्राम खैरो हिरोइन फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
२ असार २०७९, बिहीवार ०९:३२ बजे प्रकाशित












