धनगढीमा नक्कली नोट छाप्ने मेसिनसहित २ जना पक्राउ
धनगढीमा नक्कली नोट छाप्ने मेसिनसहित २ जना पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका ८ का २१ वर्षीय रामदास राना र अनुराग रानालाई बुधबार साझ नक्कली नोट र नोट छाप्न प्रयोग गरिएका सामाग्री सहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
उपचारका क्रममा अनुरागले नक्कली एक हजारको नोट अस्पताललाई दिएपछि अस्पतालले शंका लागेर प्रहरीलाई खबर गरेको थियो ।
वडा प्रहरी कार्यालय धनगढीको टोलीले अनुरागलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा उक्त नक्कली नोट मामा नातापर्ने रामदासले छाप्ने गरेको उनले बताएपछि बि युनिक फोटो स्टुडियोबाट मेसिनसहित रामदासलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) वेद प्रकाश जोशीले बताए ।
प्रहरीले उनीहरुको साथबाट नक्कली १ हजारका २ नोट र बिग्रीएको नोट पनि बरामद गरिएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको डिएसपी जोशीले बताए ।

२ असार २०७९, बिहीवार ०९:१५ बजे प्रकाशित












