सञ्चार क्षेत्रका लागि १ करोड २० लाख रकम विनियोजन
सञ्चार क्षेत्रका लागि सुदूरपश्चिम सरकारद्धारा १ करोड बढी रकम विनियोजन गरेको छ । प्रदेशका आर्थिक मामिला मन्त्री प्रकाश रावलले सञ्चार क्षेत्रका लागि सुदूरपश्चिम सरकारले १ करोड २० लाख विनियोजन गरेको जानकारी दिए ।
उनले आम सञ्चार एवम् पत्रकारिता क्षेत्रको क्षमता विकास मिडिया सेन्टरको भवन निर्माण, पत्रकार महासङ्घ अछाम र बझाङको भवन निर्माण, एफ एम रेडियोलाई पुजिगत अनुदान, पत्रकारको स्वास्थ्य उपचारको लागि अक्षयकोष स्थापना गर्न, लोक कल्याणकारी विज्ञापनका लागि उक्त रकम विनियोजन गरेको बताएका हुन् ।
१ असार २०७९, बुधवार १८:३८ बजे प्रकाशित












