सातामा दुई दिन बिदा खारेजपछि यस्तो हुनेछ असार १ देखि कार्यालय समय
सरकारले असार १ देखि लागू हुनेगरी सातामा दुई दिन सार्वजनिक बिदा खारेज गरेसँगै कार्यालय समय पुरानै कायम हुने भएको छ । गृह मन्त्रालयले सोमबार सूचना जारी गर्दै यसबारे जानकारी दिएको हो ।
मन्त्रिपरिषद्को जेठ २३ गतेको निर्णयअनुसार परीक्षणको रुपमा जेठ १ गतेदेखि लागू भएको सातामा दुई दिन बिदा असार १ देखि खारेज हुने उल्लेख गरिएको छ ।
जसअनुसार सवै सरकारी कार्यालयहरूमा आइतबारदेखि बिहीबारसम्म कार्यालय समय असार १ गतेदेखि कात्तिक १५ गतेसम्म तथा माघ १६ गतेदेखि चैत्र मसान्तसम्म विहान १० देखि अपरान्ह ५ बजेसम्म हुने छ ।
यस्तै कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म कार्यालय समय बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म हुनेछ ।
यस्तै शुक्रबारको दिन कार्यालय समय बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म हुने मन्त्रालयले जनाएको छ ।
३१ जेठ २०७९, मंगलवार ०७:४३ बजे प्रकाशित












