आजको मौसम: हल्कादेखि मध्यम वर्षाको सम्भावना

आज बिहान गण्डकी, बागमती, मधेस र प्रदेश १ का थोरै स्थानमा वर्षा भइरहेको छ । दिउँसो प्रदेश १ का धेरै क्षेत्रमा वर्षा हुने आकलन मौसम पूर्वानुमान महाशाखाले गरेको छ ।

प्रदेश १ र मधेसका एक–दुई स्थानमा भारी वर्षाको प्रक्षेपण पनि गरिएको छ । त्यस्तै मधेस, बागमती र गण्डकीका केही र बाँकी प्रदेशका पहाडी भू–भागका एक वा दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

राति प्रदेश १ का एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । बुधबार प्रदेश १, मधेश, बागमती र गण्डकीका केही र बाँकी प्रदेशका पहाडी भू–भागका एक वा दुई स्थानमा वर्षाको सम्भावना छ ।


३१ जेठ २०७९, मंगलवार ०७:३७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु