सुनको मूल्य घट्यो
हिजो विहिबार प्रतितोला ९८ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य शुक्रबार प्रतितोला ९७ हजार ७०० रुपैयाँमा कारोबार हुने भएको सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ।
विहिबारको तुलनामा आज सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले घटेको हो । यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार २०० रुपैयाँ रहेको छ । चाँदी मुल्य भने आज १५ रुपैयाँले घटेर प्रतितोला १ हजार २६५ रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।
२७ जेठ २०७९, शुक्रवार १२:१० बजे प्रकाशित













