धनगढीमा खैरो हिरोइनसहित तीन जना पक्राउ
कैलालीमा खैरो हिरोइनसहित तीन जना पक्राउ परेका छन् । मंगलबार धनगढी उपमहानगरपालिका–१ स्थित सेती प्रादेशिक अस्पताल नजिकैबाट कञ्चनपुरको पुनर्वास नगरपालिका–१ का ४२ वर्षीय डबबहादुर तामाङ पक्राउ परेका परेका हुन्।
उनको साथबाट ३० ग्राम लागुऔषध खैरो हिरोइन फेला पारे प्रहरीले जनाएको छ । धनगढी–२ स्थित त्रिनगर भन्सारबाट सोही ठाउँका ३५ वर्षीय कान्छा तामाङलाई पक्राउ गरिएको छ । उनको साथबाट १० ग्राम खैरो हिरोइन बरामद गरिएको छ।
त्यस्तै, धनगढी–३ ट्राफिक चौराहाबाट पुनर्वास–१ की २८ वर्षीया अन्जु सार्कीलाई ४९ हजार नगदसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए ।
खैरो हिरोईनको बिक्री बितरणमा एउटा समुह नै सक्रिय रहेको भन्ने बिशेष गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यलय कैलालीबाट खटीएको बिशेष प्रहरी टोलीले उक्त समुहको खोज तलास गर्ने क्रममा उनीहरुलाई पक्राउ गरेको हो ।
२५ जेठ २०७९, बुधवार ११:४७ बजे प्रकाशित












