गोदावरी आइसक्रिम फ्याक्ट्रीमा आगलागी
कैलालीको एक आइसक्रिम फ्याक्ट्रीमा आगलागी भएको छ। आज बिहान साढे तीन बजेको समयमा गोदावरी नगरपालिका(२ सीएमए गल्ली भित्र पदमबहादुर बोहराले सञ्चालन गरेको गोदावरी आइसक्रिम फ्याक्ट्रीमा आगलागी भएको हो।
विद्युतको तार सर्ट भई आगलागी भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। आगलागीबाट मानविय क्षती भने हुन् पाएको छैन् ।
२५ जेठ २०७९, बुधवार ०९:१३ बजे प्रकाशित












