५० किलोबढी गाँजासहित भारतीय नागरिक पक्राउ
मकवानपुरमा ५० किलो ४०० ग्राम लागू औषध गाँजासहित भारतीय नागरिक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारत बिहार सितामढी जिल्ला ग्राम पञ्चायत नोचा वडा नं.१० थाना बेला घर भई हाल महोत्तरी औरही नगरपालिका वडा नं. ७ सोनामाई बस्ने ३७ वर्षीय राजेश चौधरी रहेका हुन् ।
मकवानपुरको हेटौडा उपमहानगरपालिका-१ राप्तिरोडस्थित पुर्वपश्चिम लोकमार्ग सडकमा नेवारपानी तर्फबाट हेटौडा आउँदै गरेको ना २ ह १५०८ नम्बरको अटोलाई चेकजाँच गर्दा उनलाई पक्राउ गरेको हो ।
२० जेठ २०७९, शुक्रवार १७:२९ बजे प्रकाशित































