punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

आजको मौसम: मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

Chaupati
safha napa

देशका केही स्थानमा आज पनि पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रदेश १, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने मौसमविद्ले जानकारी दिएका हुन् ।

प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन र चट्याङ तथा हावाहुरिसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।

प्रदेश १, मधेस लगायत पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । आज राति पनि दिउँसोको जस्तै मौसमी प्रणाली रहने महाशाखाको अनुमान छ ।


१७ जेठ २०७९, मंगलवार ०६:४९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु