नेपाली क्रिकेट टोली अमेरिका प्रस्थान
अमेरिकामा आयोजना हुन लागेको आईसीसी विश्वकप लिग–टू क्रिकेट प्रतियोगिता अन्तर्गत त्रिकोणात्मक एक दिवसीय शृंखलाका लागि नेपाली टोली अमेरिका प्रस्थान गरेको छ ।
टोलीलाई नेपाल क्रिकेट संघ (क्यान) ले एक कार्यक्रमको आयोजना गरेर विदाइ गरेको थियो । टोलीलाई युवा तथा खेलकुदमन्त्री महेश्वर जंग गहतराज, क्यानका अध्यक्ष चतुर बहादुर चन्द लगाएतको टोलीले विदाइ गरे ।
अमेरिका जानुअघिको विदाई कार्यक्रममा कप्तान सन्दीप लामिछानले तयारी राम्रो भएकाले नतिजा पनि राम्रो आउने विश्वास व्यक्त गरे ।
‘टोली सन्तुलित छ । हामी सबै पक्षमा तयार छौं । हामी एक दिवसीय मान्यतालाई जोगाउने भन्दा खेललाई सुखद बनाउने योजनामा हुनेछौं,’ उनले भने ।
धेरै खेल खेल्न बाँकी रहेकाले नेपाली टोलीलाई अर्को चरण पुग्नका लागि पनि अमेरिका भ्रमण निकै महत्वपूर्ण रहेको बताए ।
१४ जेठ २०७९, शनिवार १८:२५ बजे प्रकाशित












