सञ्चार क्षेत्रको उचित संम्वोधन गर्ने : मन्त्री रावल

सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री डा.रणबहादुर रावलले सञ्चार क्षेत्रको उचित संम्वोधन गर्ने बताएका छन् ।

आगामी आर्थिक वर्ष २०७९/८०को नीति तथा कार्यक्रम सम्बन्धी मन्त्रालयमा आयोजित पत्रकारसंगको छलफल कार्यक्रममा मन्त्री रावलले सो कुरा बताएका हुन् ।

सुदूरपश्चिम प्रदेशका सञ्चार माध्यम र पत्रकारहरूको पेशागत संरक्षण गर्न प्रत्यक्ष अनुभूति हुने खालका कार्यक्रम ल्याइने मन्त्री रावलले बताएका छन् ।

आर्थिक वर्ष २०७९/८०को नीति तथा कार्यक्रममा मन्त्रालयले के कस्ता योजना बनाउने भन्ने सम्बन्धमा पत्रकारहरूसँग छलफलको आयोजना गरिएको थियो ।

यस्तै फरक प्रसङ्गमा मन्त्री रावलले सुदूरपश्चिममा प्राकृतिक प्रकोपका कारण विपत्तिको सिर्जना हुने गरेकोले यसमा समेत मन्त्रालयले विशेष योजना बनाउने बताए ।

छलफलमा सहभागी पत्रकारहरूले सुदूरपश्चिम प्रदेशका सञ्चारमाध्यमको लागि वैज्ञानिक विज्ञापन नीति र पत्रकारको पेशा र आर्थिक सबलीकरण सुदृढ गर्ने खालका योजना ल्याउनु पर्ने सुझाव दिएका दिए ।

कोरोना संक्रमणपछि साना लगानीका सञ्चार उद्योगहरू सङ्कटमा परेकोले मन्त्रालयले आर्थिक अनुदान मार्फत सञ्चार उद्योगलाई उचित सम्बोधन गर्न समेत सहभागीहरूले सुझाएका थिए ।


१३ जेठ २०७९, शुक्रवार १६:४८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु