बेलौरी नगर प्रमुखको पहिलो निर्णय: सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा दिइने
कञ्चनपुरको बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरीले पदभार ग्रहण गरेका छन्। पदभार ग्रहण गरेसंगै उनले नगरका सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा दिइने निर्णय गरेका छन्।
सोमबार गरिएको पहिलो निर्णयअनुसार नगरपालिका क्षेत्रभित्र बसोवास गर्ने सुत्केरी महिलालाई आकस्मिक अवस्थामा घरदेखि नगरपालिका अन्तर्गतका स्वास्थ्य केन्द्र, सेती प्रादेशिक अस्पताल तथा महाकाली प्रादेशिक अस्तालसम्म पुर्याउन निःशुल्क एम्बुलेन्स सेवाको व्यवस्था गरिने भएको हो।
नगर प्रमुख चौधरीले पदभार ग्रहण गरेसँगै उपप्रमुख जोगराम चौधरीले पनि पदभार ग्रहण गरेका छन्।
१० जेठ २०७९, मंगलवार ०७:५६ बजे प्रकाशित












