कैलालीमा बस दुर्घटनामा घाइते भएका एक जनाको मृत्यु

कैलालीमा बस दुर्घटनामा घाइते भएका एक जनाको मृत्यु भएको छ ।गुडिरहेको बस नालीमा खसेपछि दुर्घटना भएको हो। जिल्लाको घोडाघोडी नगरपालिका-१० मा ना ५ ख ८६९१ नम्बरको गुडिरहेको बस नालीमा खसेको थियो ।

दुर्घटनामा घाइते भएका एक जनाको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। मृत्यु हुनेमा लम्की–चुहा नगरपालिका- २ का २० वर्षीय पारस खत्री रहेको प्रहरीले बताएको छ। दुर्घटनामा घाइते भएका ४ जनाको उपचार भइरहेको छ।


९ जेठ २०७९, सोमवार २३:०० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु