धनगढीमा हमाल दोब्बरभन्दा बढी मतले अगाडि
कैलालीको धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमालले फराकिलो मतान्तर बनाएका छन्। शनिबारदेखि मतगणना सुरू भएकोमा अहिलेसम्म १७ हजार १५९ गणना भएको छ। जसमा हमालले ७ हजार ८१६ मत पाएका छन्।
यस्तै सत्तारुढ गठबन्धनबाट काँग्रेसका उम्मेदवार नृपबहादुर वडले ३ हजार ८७१ र नेकपा एमालेका रणबहादुर चन्दले १ हजार ९२१ मत पाएका छन्। हमाल र वडबीच ३ हजार ९४५ मतको अन्तर रहेको छ।
यस्तै उपमेयरमा माओवादी केन्द्रकी शान्ति अधिकारीले ३ हजार ४१६, एमालेकी कन्दकला रानाले ३ हजार ३०७ र स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले १ हजार ९ सय मत पाएका छन्।
३ जेठ २०७९, मंगलवार १५:२२ बजे प्रकाशित












